समस्याग्रष्त निर्माण आयोजनाको म्याद थप नभए आन्दोलन गर्छौं : निर्माण व्यवसायी
म्याद थप गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने निर्णय फिर्ता लिनु पर्ने माग
काठमाडौँ । निर्माण व्यवसायीहरुले समस्याग्रस्त परियोजनाको म्याद थप गर्ने अधिकार कार्यलय प्रमुखलाई दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले आयोजनाहरुको म्याद थपको निर्णय गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने सरकारले निर्णय प्रति असन्तुष्टि जनाएको हो । राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ ख बमोजिम बाधा अड्काउ फुकाउन जारी भएको आदेशप्रति महासंघले असन्तुष्टि जनाएको हो ।
महासंघको सुझावविपरीत म्याद थपका सम्बन्धमा राजपत्रमा आएको सूचनाले निर्माण उद्योगमा अझ विकृति भएको बताएको छ । पत्रकार सम्मलेनमा महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट जारी आदेशको सूचना वास्तविक म्याद थपको लागि उपयोग हुन नसक्ने दाबी गरे । उनले सरकारले विभिन्न बहानामा सम्पूर्ण फाइल पुग्दा समेत म्यादथप नगर्ने कार्यालय प्रमुखलाई म्यादथपको अधिकार दिन राम्रो नभएको बताए । उनले आयोजनाहरुको म्याद थप गर्दा मलाई के लाभ हुन्छ र मैले किन म्यादथप गर्ने ? भोलि प्रश्न उठ्ने काम किन गर्ने जस्ता प्रश्न आयोजना प्रमुखले गर्ने गरेको बताए । उनले गत वर्ष अवकाश हुँदै गरेको डिजिले सयौं फाइलहरु म्यादथप नगरी सरकारले अनिवार्य रुपमा म्याद थप गर्नुपर्छ भनेर निर्देशन गर्दा पनि अटेर गरेर उन्मुक्ती पाएर कारबाही नभएको बताए । उनले सयौँ फाइलहरु कार्यालय प्रमुखले सबै प्रक्रिया पूरा गरेर आएको निवेदनहरुलाई सरकारले १२ औँ संशोधन नियमावलीमा उल्लेख भएको म्यादथपको व्यवस्था नगर्दा उनीहरु कारबाहीको भागिदार हुन नसकेको बताए ।
उनले भने, ‘आयोजनाहरुको म्यादथप गर्दा मलाई के लाभ हुन्छ र मैले किन म्यादथप गर्ने ? भोलि प्रश्न उठ्ने काम किन गर्ने ? गत वर्ष अवकाश हुँदै गरेको डिजिले सयौं फाइलहरु म्यादथप नगरी सरकारले अनिवार्य रुपमा म्यादथप गर्नुपर्छ भनेर निर्देशन गर्दा पनि गरेर उन्मुक्ती पाएर कारबाही नहुने मुलुकमा हिजोको दिनमा सयौं फाइलहरु कार्यालय प्रमुखले सबै प्रक्रिया पूरा गरेर आएको निवेदनहरुलाई सरकारले १२ औं संशोधन नियमावलीमा उल्लेख भएको म्याद थपको व्यवस्था नगर्दा उहाँहरु कारबाहीको भागिदार हुन भएको छैन । उहाँहरुलाई प्रोत्साहित गर्ने काम भयो । उहाँहरुलाई कारबाही गर्नुपर्ने थियो । उहाँहरुलाई २१ दिनभित्रमा म्यादथप गर्न असारमसान्त सम्म प्रक्रिया पूरा गरेका फाइलहरुलाई म्यादपथ गर्नु भनेको थियो । तर कतिपय कार्यालयमा प्रमुख नभएर,सरुवा भएर र अवकाश पाउने लागेकोमा किन म्यादथप गरेर जाने भन्ने आशयले म्यादथप नभएको अवस्था छ । त्यस्ता फाइलहरुको विषयमा सरकारले किन सोचेन । त्यो गम्भिर प्रश्न छ ।’
उनले माग यथाशीघ्र सम्बोधन नभएमा यसअघि स्थिगित गरेको आन्दोलन पुनः सुचारु गर्ने चेतावनी समेत दिए । महासंघले निर्माण व्यवसायीहरूले क्षतिपूर्ति स्वरुप प्राप्त हुने विषय एवं आधार जस्तै खरिद सम्झौताको डिजाइन परिवर्तन भएको, बजेट अपुग भएको, निर्माणस्थलको उपलब्धता हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको लगायतका विषय पनि उठान गरेको छ ।