कस्तो रहनेछ आजको मौसम (तीन दिनको पूर्वानुमान)
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित