बालेनलाई हर्कको ढाडस- नडराउनुस्न/नबिराउनुस्, साथमा म छु
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् ।
अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतबार साँझ ट्विट गरे पछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौँका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै, प्रधानमन्त्री ज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेखे, ‘नडराउनुस् नबिराउनुस् । हजुरको साथमा म छु, हामी छौँ ।’
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित