बिचौलियालाई कार्यालय नछिर्न कास्की प्रशासनको उर्दी

पोखरा । कास्की प्रशासनले बिचौलियालाई कार्यालय वरपर र कार्यालय परिसरभित्र नछिर्न उर्दी जारी गरेको छ । कार्यालयबाट हुने सेवालाई सहज बनाउने नाममा बिचौलियाले सर्वसाधारण नागरिकसँग पैसा लिने गरेको उजुरी परेपछि बिचौलियालाई परिसरमा नछिर्न उर्दी जारी गरिएको हो ।

एक सूचना जारी गरी प्रशासनले भनेको छ, ‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ । प्रशासन सेवाग्राहीको चापको फाइदा उठाउँदै बिचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले बिचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरिएको छ ।’

नागरिकता ऐन प्रमाणीकरण भएपछि झनै बिचौलियाको हिमचिम बढेको प्रशासनले जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चापको फाइदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएको बताए ।

प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई पनि गलत ढंगले नआउन भनेको छ । गलत काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागे सीधै प्रशासनमा खबर गर्न सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *