राजनीतिक दाउपेचका लागि प्रधानमन्त्रीको अभिव्यक्ति मिडियामा ल्याइयोः राज्यमन्त्री सिर्पाली

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाए । उनले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको बताए । उनले राजनीतिलाई सफा र पारदर्शी बनाउनका लागि सहमति जुट्न नसकेको बताए । उनले सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएको बताए ।

उनले भने, ‘कहीँ न कहीँ राजनीति कलंकित हुँदैछ, आज कहीँ न कहीँ राजनीतिलाई सफा र पारदर्शी बनाउँ, भन्दा आज सहमति जुट्न सकेको छैन । हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ । समाजमा बडो दुखद् परिदृश्यहरु आइपरेका छन् । आज हामी सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएका छन् ।

राजनीति सहजै सफा हुन सक्दैन भन्नेकुरा देखिएको छ । १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने,अनि त्यसलाई हामीले राजनीतिमा एउटा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ की सकेनौँ ? पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न साँच्चै सक्छौँ की सक्दैनौँ ?भन्ने कुराको चुनौती आइपरेको छ ।’
मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *