वडाध्यक्षसँग झगडा परेपछि उपभोक्ता समिति अध्यक्षले मेलमार्फत मागे भुक्तानी सिफारिस

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्षसँग झगडा परेपछि उपभोक्ता समितिका अध्यक्षले ईमेलमार्फत भुक्तानीको सिफारिस मागेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोराको मुखदेखि इदिखोला जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको थियो । कामको अनुगमनका क्रममा वडाध्यक्ष राम गुरुङ र समितिका अध्यक्ष अमृत भण्डारीबीच भनाभन भएको थियो ।

भण्डारीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा पक्राउ परेका गुरुङ ४ हजार धरौटीमा छुटेका छन् ।

यही घटनाका कारण अमृतले आइतबार राती मेल पठाएर भुक्तानीको सिफारिस मागेका हुन्

वडाध्यक्ष गुरुङले सिफारिसको सट्टा मेल मार्फत नै थप कागजपत्र मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *