२५औँ एसियन यथलेटिक्स् च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । असार २७ गते देखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा सञ्चालन हुन लागको २५ औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।
यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरूमा (क्रिकेट, भलिबल, फुटबल, म्याराथुन) प्रायोजक रूपमा सहभागी भई सकेको छ । एसियन एथलेटिक्स च्याम्पियनसिपमा को २५ औँ संस्करणको लागि नेपालबाट विभिन्न विधाहरूमा सहभागी जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दीपक अधिकारी गरी ७ जना खेलाडीले सहभागी जनाउने भएका छन् । उक्त एथलेटिक्समा सहभागी खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसिपहरूमा विभिन्न पदकहरू हाँसिल गरी सकेका छन् ।
एसियन एथलेटिक्स एसोसिएसनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन एथलेटिक्स च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरूबाट खेलाडीहरूले सहभागी जनाउने छन् ।
सहभागी खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन एथलेटिक्समा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागी हुनेछन्, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन । ए.पी.एफ क्लबकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मिटर, सोमबहादुर कुमाल ४०० मिटरदेखि ८०० मिटर र दीपक अधिकारी १० हजार मिटर दौडमा सहभागी हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनसिप हुन् ।
काठमाडौँमा भएको एक कार्यक्रमका विच नेपाल एथलेटिक्स एसोसिएसनका तर्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भीपी निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । ‘शिवम् सिमेन्ट आफैँमा हाई स्ट्रेन्थ कायम राख्ने ओपीसी सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तर्राष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसँग समन्वय गर्न पाउँदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ’ शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भीपी अग्रवालले बताए ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरूका अनेकौँ संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ ।
नेपालकै एक मात्र असली ओपीसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकले दिएको साथ र विश्वास, भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र बिक्री मार्फत यस सम्बन्धलाई थप उचाइ तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।
‘भरोसा अटुट सम्बन्धका’, गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित