एमाले संसदीय दलमा ओलीले भने– प्रधानमन्त्रीले गल्ती स्वीकारे, संसद खोलेर अघि बढौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा संसद खोलेर अघि बढ्न उपयुक्त हुने बताएका छन् ।

बैठकमा सामेल एमालेका एक सांसदका अनुसार प्रधानमन्त्रीले गल्ती स्वीकार गरेकोले संसद खोलेर अघि बढ्न उपयुक्त हुने उनले बताएका हुन् ।

दिउँसो ३ दलका शीर्ष नेतासँग भएको बैठकमा १८ असारमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीको सम्बोधन सुनेर संसदमा अघि बढ्ने सहमति भएको ब्रिफिङ पनि उनले दलको बैठकमा गरेका छन् ।

सोमबार ३ बजेका लागि बोलाइएको संसद बैठक भने अझै सुचारु भइसकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *