बल्छी ध्रुवेसहितका कलाकारमाथि ६५ करोड बिगो दाबीससहित मुद्दा दर्ता
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल(राजु मास्टर) सहितका कलाकारविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।
श्रेष्ठ र पौडेलसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध मुद्दा चलाइएको छ ।
सट्टेबाजी गर्ने अनलाइन एक्स वान बेट नामक वेवसाइटको प्रचार गरेको आरोपमा उनीहरुमाथि नेपाल नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ ।
उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित