बायर्न म्युनिखका डिफेन्डर हर्नान्डेज पीएसजीले भित्र्यायो

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डर लुकास हर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

फ्रान्स तथा बायर्न म्युनिखका २७ वर्षका डिफेन्डर हर्नान्डेजलाई पीएसजीले ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन्।

सन् २०१८ मा फ्रान्सबाट विश्व जितेका हर्नान्डेजले बायर्नबाट सन् २०१९-२० को पहिलो सिजनमा ट्रेबल उपाधि जितेका थिए।

घरेलु लिग र कप डबल जितेका उनले पीएसजीलाई हराउँदै प्रशिक्षक हेन्सी फिलिक नेतृत्वको टिमलाई च्याम्पियन्स लिगको उपाधि समेत दिलाउन सफल भएका थिए ।

बुन्डेसलिगा च्याम्पियन हर्नान्डेजले बायर्नका लागि १०७ खेल खेलेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *