नेपालमा किन बढ्यो युरोप र अमेरिकाको चासो ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभई परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन् । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताए । उनले राष्ट्रिय एकताको रूपमा परराष्ट्र नीतिहरू अघि बढाउन जरुरी रहेको बताए । पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने उनले बताए । नेपालमा युरोप र अमेरिकाको चासो बढिरहेको उनको भनाई छ ।

उनले भने, ‘हामीले अहिले परराष्ट्र नीति जतिसुकै बनाउने कोशिस गरेपनि हाम्रो घरको राजनीतिक परिस्थिति जबसम्म राम्रो हुँदैन, स्थायी हुँदैन, तबसम्म हामीले जतिसुकै ठूला कुरा गरेपनि राम्रो बन्न सक्दैन । यसलाई हामीले राष्ट्रिय एकताको रूपमा हाम्रा नीतिहरू अघि बढाउनुपर्छ । म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्दथेँ, अहिले के छ ? त्यसको अवस्था । नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढिरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *