पाइलटसहित ६ यात्रुसहित सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
मकालु खबर
२०८० असार २६ गते
काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
९एन–एएमभी कलसाइन भएकाे उक्त हेलिकोप्टरमा पाइलटसहित ६ यात्रु छन् । ती मध्ये ५ जना विदेशी यात्रु रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
उक्त हेलिकोप्टर सोलुखुम्बुबाट बिहान १० बजे उठेको थियो । उडेको १२ मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।
मकालु खबर
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित