केएमसीमा आबद्ध भए प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. अरुण सायमी
मकालु खबर
२०८० असार २६ गते
काठमाडौँ । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी साउन १ गतेदेखि काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् ।
सहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा.सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । उनले केएमसीले कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने केएमसीका जनरल मेनेजर नारायण दाहाल बताउँछन् ।
उनले भने ‘साउन १ गतेदेखि प्रसिद्ध मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले केएमसीमा सेवा दिँदै हुनुहुन्छ । केएमसीमा मुटु रोगीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उहाँलाई नियुक्त गरेका हौँ ।’
नेपालका अनुभवी मुटु रोग विशेषज्ञ चिकित्सकहरू मध्येका एक डा. सायमी पनि एक हुन् । उनले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरूलाई अध्यापनसमेत गराउँदै आएका थिए । डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव रहेको छ ।
समाजसेवा र स्वास्थ्य सेवालाई एक साथै अगाडि बढाउँदै राजनीतिमा सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीको नेतृत्व सम्हाले पछि त्यहाँको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएको छ । हाल डा शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनको सोच र उद्देश्य अनुसार केएमसीलाई मुलुककै नमूना स्वास्थ्य संस्था बनाउने काम भइरहेको छ । सोही अनुसार वरिष्ठ चिकित्सकसँगै नवीनतम स्वास्थ्य प्रविधिहरू भित्र्याइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जानकारी दिइन् ।
मकालु खबर
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित