भाषणबीच बालकले माइक समातेपछि ओलीले देखे -वर्तमान र भविष्य !
मकालु खबर
२०८० असार २७ गते
काठमाडौँ । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैगर्दा बालकले माइक समातेको विषय चर्चामा छ । मंगलबार नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई च्यासलमा सम्बोधन गरिरहेका बेला बालक एकाएक मञ्चमा पुगे ।
ती बच्चा मञ्चमा पुगेपछि ओली रोकिए, त्यसपछि उनीतर्फ हात फैलाए । बालकलाई तानेर आफू छेवैमा राखेका उनी माइक दिए । बालकले माइक समातेर केही बोले तर बोलेको भने बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालकलाई मञ्चबाट लगियो ।
बुधबार बिहान ओलीले मायालु बाबुले मञ्चमा आएर साथ दिएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले, ‘वर्तमान र भविष्य १ हिजो पार्टीको कार्यक्रममा बोल्दै थिएँ, यी मायालु बाबुले मञ्चमा आएर साथ दिए ।’
ती बालक कार्यक्रममा सहभागी हुन गएका एमाले कार्यकर्ता नील प्रसाद घिमिरेका छोरा भएको बुझिएको छ ।
मकालु खबर
२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित