प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुभारम्भ 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक संक्षिप्त समारोहका बिच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरेका छन् ।
नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी  रु.५०० करोड पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लि बिच मर्जरको लागि सम्झौता भएको थियो ।
२०८० जेष्ठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बिमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।
एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक श्री राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिएका थिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बिमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बिच कारोबार गर्ने आशा व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा संचालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरिरहेका सञ्चालक उमेशलाल श्रेष्ठले बिमा बजार झन् झन् प्रतिस्पर्धा हुँदै गइरहेको बताए । मर्जरपछि दुवै कम्पनीका कर्मचारीलाई मिलाएर ऊर्जाशील बनाउने जिम्मेवारी दुवै कम्पनीका कार्यकारी प्रमुखको काँधमा आएको उनले बताए । बिमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको उद्घोषण वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले गरेका थिए । नयाँ चुक्ता पुँजी ४२९‍.६ करोड,कर्मचारी ४४२ र कायम शाखा उपशाखा ११५ हुनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *