शैक्षिक क्षेत्रका विषय सम्बन्धित ठाउँमा पुर्याउन सहजीकरण गर्छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शैक्षिक क्षेत्रका विषयलाई सम्बन्धित ठाउँमा पुर्याउन महासंघले सहजीकरण गर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शैक्षिक क्षेत्रमा सरकारको तर्फबाट ११ प्रतिशत भन्दा बढी लगानी रहेको र निजी क्षेत्रको तर्फबाट ६० प्रतिशतभन्दा बढी लगानी रहेको अध्ययनले देखाइरहेको बताए ।
उनले शैक्षिक संस्थामा निजी क्षेत्रको लगानी बढी रहेकाले पनि शैक्षिक क्षेत्रका इस्युहरु सम्बन्धित निकायमा पुर्याउन निजी क्षेत्रको छाता संगठनको अध्यक्षको आफू रहेकाले सम्बन्धित ठाउँमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘शैक्षिक क्षेत्रमा सरकारको पनि ११ प्रतिशत भन्दा बढी राष्ट्रिय बजेट छुट्याउने गरिएको छ भने निजी क्षेत्रले पनि शैक्षिक क्षेत्रमा आईएफसीले गरेको रिसर्चमा ६० प्रतिशत भन्दा बढी लगानी रहेको अध्ययनले देखाएको छ । यो क्षेत्रका इस्युलाई सम्बन्धित निकायमा लैजान निजी क्षेत्रको छाता संगठनको अध्यक्षको हैसियतले यी इस्युलाई सम्बन्धित ठाउँमा लैजाने प्रतिवद्धता जनाउन चाहन्छु । शैक्षिक क्षेत्रमा हुने हरेक इस्युहरुलाई निजी क्षेत्रको तर्फबाट लविङ गर्न यहाँहरुसँगै रहनेछु ।’
अध्यक्ष ढकालले शैक्षिक क्षेत्रमा हुने हरेक इस्युहरुलाई निजी क्षेत्रको तर्फबाट लविङ गर्न लागिपर्ने प्रतिवद्धता जनाए ।