पेट्रोलियम पदार्थको मूल्य घट्यो, स्वचालित मूल्य प्रणाली कार्यान्वयन
मकालु खबर
२०८० असार ३१ गते
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । डिजेलमा परल मूल्य (खरिद मूल्य)मा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत जोडेर स्वचालित रुपमा बिक्री मूल्इ तय गरेको हो । नयाँ मूल्य आइतबार राती १२ बजेपछि कार्यान्वयमा आउने निगमको बोर्डले निर्णय गरेको आज पत्रकार सम्मेलन गरेर जनाएको छ ।
निगम बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधी–२०८० पास गरेर कार्यान्वयनमा ल्याउन लागेको हो ।
अब पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ । यस अनुसार अब काठमाडौँमा पेट्रोल १६४ रुपैयाँ प्रतिलिटरमा पाइने छ । त्यस्तै, डिजेलको मूल्यमा ६ रुपैयाँ घटेको छ । भने ग्यासको मूल्यमा प्रतिसिलिन्डर १० रुपैयाँ घटेको छ ।
मकालु खबर
२०८० असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित