एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले गुमायो दोस्रो विकेट
मकालु खबर
२०८० साउन १ गते
काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत जारी भारत ए विरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको हो ।
५.१ ओभरमा २७ रन हुँदा आशिफ खान आउट भएका हुन् ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल शून्यमै आउट भएका छन् । उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लू आउट गरेका थिए ।
मकालु खबर
२०८० साउन १ गते
प्रतिक्रिया
सम्बन्धित