प्रधानमन्त्रीमाथि चलाइएका भ्रम हटेर साफ भएर सत्य स्थापित भएको छः सांसद दाहाल
काठमाडाैँ । नेकपा माओवादी केन्द्र का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताएका हुन् । उनले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताए ।
आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भुमिकालाई इमान्दार भएर निर्वाह गर्नुपर्ने प्रधानन्त्रीको अभिव्यक्तिलाई आजको बैठकमा सबैले महशुस गरेको पनि उनले उल्लेख गरे । उनले संसद अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पारे ।
सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनैखालको सम्झौता नगर्ने बताए ।