यातायातमन्त्री ज्वालाद्वारा कमला नदीस्थित भाँचिएको पुलको स्थलगत अनुगमन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गरेका छन् ।

आइतबार मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गरेका हुन् । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरुले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् । पुल भाँचिएसँगै पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा कम समयमा पुगिने ठाउँमा पनि धेरै समय लग्ने गरेको छ । मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात् छिटै पुल निर्माण गरी स्थायी समाधान खोज्ने निश्कर्षमा पुगेको बताए । उनले एक वर्षभित्र सुचारु हुने इन्जिनियरले बताएकाले एक वर्षभित्र पुल सञ्चालनमा ल्याउन सकिने अनुमान रहेको बताए । उनले भाँचिएको पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताए । उनले गुणस्तर पनि कायम हुने र छिटो छरितो काम हुनेगरी भाँचिएको हुलाकी राजमार्गको कमला नदीको पुल छिटो अगाडि बढाइने बताए । उनले स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वतिरको भाँचिएको र भासिएको संरचना बनिरहेको बताए । उनले पुल निर्माण छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राखी पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ सरकार लाग्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘हुलाकी राजमार्गको कमला पुलको जुन पूर्वी पिलर भाँचिएको छ स्पानहरु पनि भाँचिएको छ भने बीचमा पनि केही भागहरु भासिएको छ । भाँचिएको पुलको आज अवलोकन गरेका छौं । स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वपट्टीको भाँचिएको र भासिको फाउण्डेशन बनिसकेको छ । छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राख्ने र पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ हामी लाग्छौं । एक वर्षभित्र सुचारु होला भन्ने इन्जिनियर साथीहरुको अनुमान रहेको छ । यो विषयमा अब मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर कमला पुलको स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा छौं । गुणस्तर पनि कायम हुने छिटो छरितो काम हुने गरी भाँचिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल छिटो अगाडि बढाउने निष्कर्षमा पुगेका छौं ।’

स्थलगत अनुगमनमा सोे क्षेत्रका स्थानीय बासीहरुले सरकारले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणमा गरी तत्काल बाटो खोल्न माग गरे । उनीहरुले ठेक्का पाएको कम्पनीले समयमा नै काम नगरेकाले पुल निर्माणमा ढिलाई लाईको भन्दै मन्त्रीलाई गुनासो समेत गरे ।

स्थानीयवासीले मन्त्री ज्वालाकै अगाडि निर्माण कम्पनीसँग चर्काचर्की भएको थियो । तर मन्त्रीले भाँचिएको पुलको स्थायी समाधान झगडाले नहुने भन्दै शान्त हुन आग्रह गरेका थिए । २०७८ असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम भासिएको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल २४ करोड ९१ लाखमा पुल निर्माण गर्ने पप्पु कन्सट्रक्शनल ठेक्का लिएको थियो । तर पछि यो निर्माण कम्पनी समयमा काम नगर्दा २०७६ असोज १ गते सम्झौता रद्द गरी ०६८ जेठ ३१ गते लुम्बिनी विल्डर्स कन्सट्रक्शनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा अघिल्लो वर्षको सामान्य वर्षामै पुल भासिएको थियो । पाया (पायर) भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको तल झर्यो । गत वर्षको साउन पहिलो साता उद्घाटनको तयारी गरिरहँदा सामान्य बाढीले पाया भासिएर स्ल्याब नै भुइँमा खसेपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप्प पारिदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *