सुरु भयो साउन : हरिया चुरा, मेहन्दीमा सजिएर शिव आरधना (तस्बिरहरु)
काठमाडौँ । हिन्दु महिलाहरू श्रावण महिना सुरु भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन् । भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने श्रावण महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् । अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन् ।
विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमानको दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । यसैगरी अविवाहितहरुले भने शिवजस्तै पति पाऊँ भनेर श्रावणको सोमबार व्रत बस्ने गर्दछन् । महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने विश्वास पनि रहीआएको छ ।
काठमाडौँ न्यूरोडको विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लागेको देखिन्छ । सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन् ।
तस्बिरहरु