नागढुङ्गा सुरुङ मार्ग एक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ : मन्त्री ज्वाला

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन् । मंगलबार उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमनपछि सञ्चारकर्मी कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास रहेको बताए । उनले देशकै संघीय राजधानी काठमाडौँ जोड्न यो धेरै महत्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

उनले नेपालमा पहिलो नमूना प्रयोगको रुपमा यातायात सुरुङ मार्गको रुपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौँ आवात जावातको लागि सहजता हुने बताए । उनले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रुपमा ठूलो मद्दत पु¥याउने बताए ।

उनले नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी गरेको बताए । अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने बताए । टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने बताए । स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । निर्माण कार्य र ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गरे ।

उनले भने, ‘अब जुन नागढुङ्गा सुरुङ मार्गको मुख्य टनेल छ । त्यसको ३५ मिटर मात्रै ब्रेक थ्रु हुन बाँकी छ । अर्को जुन आपतकालिन सुरुङ मार्ग छ । करिव साढे चार सय जति बाँकी छ । चार महिनाभित्र मुख्य सुरुङ मार्गको ब्रेक थु्रु हुन्छ । आपतकालिन सुरुङ मार्ग छ त्यो थोरै समयमा नै हुन्छ । अब सुरुङ मार्ग करिव एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गर्ने गरी लागि रहेका छौँ ।’

मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताए । २.६८ किलोमिटर लम्बाई रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *