तस्करीले ल्याएको सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान

काठमाडौँ । तस्करी गरी दुबईबाट ल्याएको सुन लुकाएको अभियोगमा पक्राउ परेका भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान भएका छन् ।

चिनियाँ नागरिकले तस्करी गरेको उक्त सुन लागुकाएको अभियोगमा पक्राउ परेकाहरु विरुद्धको मुद्दामा जिल्ला आदलत काठमाडौँले उनीहरुलाई पुपक्र्षका लागि थुनामा पठाउन आदे दिएको हो ।

न्यायाधीश दीपक ढकालको इजलासले भन्सार कार्यालका सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरु देवप्रकाश अग्रवाल र साहेव राय पाण्डुरङलाई जेल पठाउन आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो । तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।

आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो।

उनीहरुले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम भागबण्डा गरेको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *