युएई ए विरुद्ध कुशलको कर्तीमानी बलिङ, १५७ रनमा युएई अलआउट

काठमाडौँ । एमसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई १५७ रनमै अलआउट गरेको छ । नेपालका लागि कशल भुर्तेलको कीर्तिमानी बलिङमा नेपालले युएईलाई सस्तैमा समेटेको हो । भुर्तेल एक्लैले ६ विकेट लिएपछि नेपालले उक्त १५८ रनको लक्ष्य हात पारेको हो ।

श्रीलंकाको पि सारा ओभल कोलोम्बो क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले युएईले ब्याटिङ गरेको थियो । ४४ ओभरमा सबै विकेट गुमाएर उनले १ सय ५७ रन बनायो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *