उपेन्द्रसँग चुनाव लड्न माओवादीबाट जनमत पसेका कुशवाह निष्कासित
मकालु खबर
२०८० साउन ४ गते
काठमाडौँ । जनमत पार्टीले नेता शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा उनीलाई कारबाही गरिएको हो ।
माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । उनी गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन् ।
बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तुलाई) साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।
मकालु खबर
२०८० साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित