मैले अवैध सुन ल्याएको भए डाँडा काटिसक्थेँ, पत्रकार फेस गरेर किन बस्थेँ : दीपक मल्होत्रा

काठमाडौँ । बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सारमा बरामद गरिएकाे भारी परिमाणको अवैध सुन आफूले आयात नगरेको नेपाली व्यवसायी दीपक मल्होत्राले बताएका छन् । उक्त सुन आफूले ल्याएको भन्दै आएका समाचारको खण्डन गर्न पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, व्यापारी शतप्रतिशत चोखा हुन्छन् भन्ने छैन । तर, अवैध कारोबारमा संलग्नहरुलाई कारवाही हुनुपर्छ भनेर हामीले हाम्रा व्यापारिक संगठनको नेतृत्वका हिसाबले भन्दै आएका छौँ ।

‘म भन्सारमा नगएको २५ वर्षजति भयो,’ उनले भने, ‘भन्सारका कुनै कर्मचारीलाई चिन्दिनँ । अहिले मैले आयात गर्ने सामान भनेको खास गरी मोबाइल फोन हो । त्यो पनि हामी जानुपर्दैन, एजेन्टले क्लियर गरेर ल्याउँछ । अहिले मैले गरेको व्यवसाय घाटामा छन् । नाफामा भएका बेला मैले मिडियालाई विज्ञापन पनि दिएको थिएँ । अहिले दिन सकेको छैन । सबैले बुझ्नु भएको छ । तर, केहीले विज्ञापन नदिँदा पनि समस्या भएको हो कि भन्ने लागेको छ । मोबाइल फोन दर्ता गरेर ल्याउनु पर्ने व्यववस्था (एमडीएमएस) लागू गराउन खोज्दा पनि केही मप्रति रिसाएका हुन सक्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *