प्रभु महालक्ष्मीको नेपालगञ्ज, बर्दिबास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह 

काठमाडौँ । अषाढ २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप सहरहरूमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
श्रावण ३ गते एकै दिन नेपालगंज, बर्दिबास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम सञ्चालन भएको हो । मर्जरपछि व्यवसायको मुख्य अङ्ग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरि अभिकर्ताहरुलाई खटाइएको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगञ्जमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिबासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिए । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *