सुन तस्करी बारे बाबुरामको टिप्पणी : यो पहिलो र अन्तिम होइन

राजश्व अनुसन्धान विभागले करिव सय किलो सुन बरामद गरेको छ। तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन्।

राजश्वको टोलीले थप व्यक्तिको खोजि तिब्र बनाएको छ। यो प्रकरणपछि सर्वसाधारण, राजनीतिक दलका शीर्ष नेतासँगै विभिन्न क्षेत्रका व्यक्तिले टिकाटिप्पणी गरिरहेका छन्।

सरकारी संरचनाको आलोचना भइरहेको छ। भन्सार र प्रहरीले चेकजाँच नगरेको वा मिलेमतो भएको भन्दै व्यापक आलोचना भइरहेको छ। भन्सारका कर्मचारी निलम्बनमा छन्।

यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यो प्रकरणमा टिप्पणी गरेका छन्।

उनले लेखेका छन् : अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जॉचबुझका घेरा नाघेर सय किलो  (रू।८४ करोड ) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन। यो पहिलो र अन्तिम पनि हैन। केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ। वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ। अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति / प्रशासन / सुरक्षासंयन्त्र / न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधार खोज्न ढिलो नगरौं, नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *