धौलिगङ्गा बाँध खोल्दै भारत, महाकाली आसपासमा सतर्कता आवश्यक
मकालु खबर
२०८० साउन ६ गते
बैतडी । भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खोलिने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ ।
सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।
मकालु खबर
२०८० साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित