मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने मौद्रिक नीतिको लक्ष्य
मकालु खबर
२०८० साउन ७ गते
कामाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।
चालु आर्थिक बर्ष २०८०/८१ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो लक्ष्य राखेको हो । मौद्रिक नीतिमा भनिएको छ, ‘मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने छ।’
अधिक मूल्यवृद्धिको जोखिम कायमै रहेकाले यदि यो लक्ष्यमा चूनौती भए मुद्रा परिचालनलाई सीमित पारिने नीतिमा उल्लेख छ ।
त्यस्तै राष्ट्र बैंकले चालु वर्षका लागि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशतमा सीमित राख्ने पनि उल्लेख गरेको छ ।
मकालु खबर
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित