जनकपुर रेल्वे स्टेशनमै महिलाको झण्डै तीन लाख लुटियो
मकालु खबर
२०८० साउन ७ गते
जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनबाटै एक महिलाको लाखौं रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटेराले लुटेका हुन् ।
रेलमा चढ्नै वित्तिकै उनी बोकेको ह्याण्ड ब्याग गायब भयो, जुन ब्यागमा २ लाख ७० हजार रुपैयाँ थियो ।
जनकपुरको एनआइसी बैंकबाट निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमै लुटेराले २ लाख ७० हजार रुपैयाँ र १० हजार बराबरको सुनको गहना राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुरिताले बताइन् ।
उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा उनले जग्गा खरिद गरेकी थिइन् ।
जग्गाधनीलाई दिनकै लागि बैंकबाट निकाले रुपैयाँ घर लग्ने क्रममा उनी लुटिइन्।
मकालु खबर
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित