सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१ र २२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन– गोल्ड अवार्ड बैङ्कलाई प्रदान गरेको हो । सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।
उक्त अवार्ड शुक्रबार, काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए । यस अवार्डले बैङ्कलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउन एसिएन फेड्रेसन अफ अकाउन्टेसनद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर (९६ वटा शाखा ९५ एक्स्टेन्सन् काउन्टर सहित), १२३ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरू सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।