११ बुँदे यातायात क्षेत्र घोषणा पत्र जारी, भदौदेखि सबै यातायात कार्यालयमा अनलाइन सेवा
काठमाडौँ । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित र सुधार गर्न ११ बुँदे घोषणा पत्र जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि सो घोषणा पत्र जारी गरेका हुन् ।
यातायात क्षेत्रका समस्या पहिचान गरी ती समस्याको मिति नै तोकेर समाधन खोज्नेगरी घोषणा पत्र जारी गरिएको छ ।
काभ्रेको धुलिखेलमा दुई दिनसम्म चलेको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्री सहभागी भेलाको सहमति अनुसार उक्त घोषणा पत्र जारी गरिएको हो ।
उक्त घोषणापत्र अनुसारभदौदेखि सबै यातायात कार्यालय अनलाइन मार्फत सेवाप्रवाह गर्ने, अनलाइन भुक्तानी जस्ता विषय समेटिएको छ । त्यस्तै, चालक अनुमति पत्र (स्मार्टकार्ड)को छपाई, इम्बोस्ड नम्बर प्लेट, पुराना सवारी साधनको लगत कट्टा, राइड सेयरिङ, विदेशी सवारी चालकको नेपालीकरण, वैज्ञानिक भाडादर निर्धारण जस्ता ११ विषय समेटिएका छन् ।
उक्त घोषणा पत्रअनुसार २०८० कात्तिकभित्र सरकारी सवारीसाधनका सबै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरी गर्ने तयारी छ ।
विद्युतीय सवारीसाधन दर्ता प्रणाली (भीआरएस)लाई विस्थापन गरी ईडीएल भीआरएस परियोजनाअन्तर्गत विभागबाट व्यवस्था गरिएको प्रणालीलाई भदौदेखि लागू गरिने भएको छ ।
त्यस्तै, सवारी चालक अनुमति पत्र (स्मार्टकार्ड)को छपाई प्रदेशस्तरमा नै गरी वितरण गरिने छ ।
यस्तो छ घोषणापत्र