सुन काण्डका मुख्य दोषी नसमाते संसदमै आमरण अनसन बस्छु : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी काण्डका मुख्य नाइकेलाई समातेर कारवाही नगर्ने हो भने आफू संसदभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

प्रतिनिधि सभा संसदको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मजुदरी गरेर खाने सुनका भरियाहरुलाई समातेर जेलमा सडाउने र मुख्य नाइकेहरुलाई उन्मुक्ति दिने हो भने आफूले संसदमा अनसन बस्नुको विकल्प नहुने उनले बताए ।

उनले नैतिकताका आधारमा गृहमन्त्री र अहिलेको अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *