हाम्रो प्रश्नको चित्त बुझ्दो जवाफ नआए रास्वपाले कडा कदम लिन्छ : रवि लामिछाने
काठमाडौँ । सुन काण्डमा सरकारले चित्त बुझ्दाे जवाफ नदिने हो भने रास्वपाले कडा कदम चाल्ने बताएका छन् ।
‘क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिसहरु पर्नु यो जनाताका लागि कुनै अनौठोको विषय बनेको छैन,’ उनले भने, ‘बर्षौंदेखि हुँदै आएको यस्तो सेटिङ जनतालाई थाहा छ । अचम्म मानेका छैनन् । तर, यस्ता काण्ड आएपछि कर्मचारीहरुको सरुवा गरिन्छ । सुरुवा भनेको कारवाही हो कि उहाँहरुलाई दिइएको पुरस्कार हो । यस्ता काण्डमा विभिन्न निकाय कर्मचारीलाई तत्काल बर्खास्त गर्नु पर्ने हो कि सरुवा गर्ने हो ?’
सरुवा गर्दा प्रमाण र सबुत मेटाउन तथा प्रभावमा पार्न आरोपीतले समय पाउनेसमेत उनले बताए ।
सम्बन्धित निकायका प्रमुखलाई उक्त निकायको प्रमुख हुने हैसियत नराख्ने भन्दै उनले यसमा गम्भीर भएर ती नकायका प्रमुखलाई निलम्बन गर्नुपर्ने उनले बताए ।
सरकारले हरेक भ्रष्टाचार र अनियमितताका काण्डको जरोमा नपुग्ने र हाँगाविँगा मात्रै काट्ेन लागेको बताए । उनले जरोमै नपुगेर सरकारले हरेक विषयलाई गिजोल्ने मात्रै हो भने त्यसविरुद्ध रास्वपाले सरकारको दिन गन्न सुरु गर्ने बताए ।