उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँका विभिन्न भू-भागमा भारी वर्षा भएको छ । बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको हो ।

जसकारण विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *