मैले आयोगमा पहिले नै निर्वाचन खर्च विवरण बुझाइसकेको छु : गगन थापा
मकालु खबर
२०८० साउन ११ गते
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले निर्वाचन आयोगलाई पहिले नै निर्वाचन खर्चको विवरण बुझाएको बताएका छन् । उक्त निर्वाचन खर्चको विवरण बुझाएपछि पनि निर्वाच खर्च विवरण नबुझाउने उम्मेदवारको सूचीमा आफ्नो नाम राखिएकोले आफूले आयोगले तोकेको १५ हजार रुपैयाँ जरिबाना पनि तिरको उनले बताए । आफूले आयोगमा खर्च विवरण बुझाएको तर त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनु पर्ने जानकारी नभएको पनि उनले बताएका छन् ।
उनले भनेका छन्– ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’
मकालु खबर
२०८० साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित