सर्वोच्चको आदेशद्वारा कोशी सरकार विघटन, मुख्यमन्त्री थापा पदमुक्त (आदेशको पूर्णपाठ)

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धब थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले उक्त प्रदेशनमा नयाँ सरका बनाउन आदेश दिएको छ ।

कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईपछि सर्वोच्चले उद्धव थापाको नेतृत्वमा गठन भएकोे सरकार अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्चले सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर सरकार बनाउनु अवैधानिक भएको ठहर गरेको हो ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सांसद थापाले सभामुख गौतमसहितको हस्ताक्षर लिएर ४७ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले पनि उक्त दाबीकै आधारमा थापालाई २१ असारमा मुख्यमन्त्री नियुक्त गरिदिएका थिए । तर, उक्त कदम अवैधानिक भएको भन्दै नेकपा एमालेबाट निर्वतमान मुख्यमन्त्री कार्की २२ असारमा सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार उक्त सरकार गठन अवैधानिक रहेको ठहर गर्दै विघटनको आदेश दिएको हो ।

९३ सांसद रहेको कोशीमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा थापाले ४७ जनाको बहुमत देखाएका थिए ।

अब कोशीमा ७ दिनभित्र नयाँ सरकार बनाइसक्नु पर्ने छ । त्यसो नभए ठूलो दलको हैसियतमा हिक्मत कार्की नै मुख्यमन्त्री बन्नेछन् ।

यस्तो छ सर्वोच्चको आदेशको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *