कोशीमा ७ दिनभित्र बहुमतको सरकार नबने ठूलो दल एमालेकै सरकार बन्ने
मकालु खबर
२०८० साउन ११ गते
काठमाडौँ । कोशीमा उद्धब थापा नेतृत्वको सरकार ढलेसँगै सर्वोच्चले नयाँ सरकार बनाउन आदेश दिएको छ । ७ दिनभित्र संविधानको उपधारा २ अनुसार नै एक भन्दा बढी दलकाे बहुमत जुटाएर सरकार गठनको पहल गर्नुपर्ने भएको छ ।
यदि उपाधारा २ अनुसार बहुमतको संयुक्त सरकार सरकार बनाउन नसकेको अवश्थामा उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले नै आफ्नो नेतृउत्वमा सरकार बनाउन पाउने छ ।
त्यसो भएका अवश्थामा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई पुनः मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ ।
मकालु खबर
२०८० साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित