धरानको चर्च र मन्दिर विवादमा प्रशासनको चासो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको चर्च र मन्दिर विवादबारे ध्यानाकर्षण भएको जनाएको छ । विजयपुर धार्मिक संरक्षण समन्वय समिति धरानको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ध्यानाकर्षण भएको बताएकी हुन् ।

समितिका अध्यक्ष विष्णुकुमार राईसहित अन्य नगरवासीले बिहीबार इनरुवा पुगेर ज्ञापनपत्र बुझाएको समितिका सचिव मातृकाप्रसाद नेपालले जानकारी दिए ।ज्ञापनपत्र बुझ्दै सिडिओ पाण्डेले १२ १५ दिनदेखि चर्केको निर्माणाधीन चर्च विवादमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ज्ञापनपत्र गृह मन्त्रालयसम्म पुर्‍याउने उनको भनाई छ ।

दुवै पक्षले संवेदनशील हुनुपर्ने एक धर्मले अर्को धर्मलाई होच्याउने गर्नु नहुने पाण्डेले बताइन् । ‘किराँतकालीन ऐतिहासिक क्षेत्रका रूपमा रहेको धरान वडा नम्बर १४ मा पर्ने विजयपुर क्षेत्र हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *