इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरो मनि अवार्ड फर एक्सिलेन्सबाट सम्मानित
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि युरोमनी अवार्ड फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रो पटक हो ।
यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले उक्त अवार्ड हात पारेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकलाई उपयुक्त सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई लाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष सम्मानित गर्नुको अर्को कारणका रुपमा उल्लेख गरेको छ ।
बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको छ । बैंकको शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च रहेको जनाइएको छ ।
त्यस्तै बैंकले २९६ शाखा शाखा, २८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ वटा शाखारहित बैंकिङ काउन्टरबाट सेवा दिँदै आएको छ बैंकले आफ्ना ३० लाखभन्दा बढी ग्राहक महानभावलाई सेवा दिइरहेको छ ।
उत्कृष्ट सेवाका लागि सातवटा बैंक आफ द इयर अवार्ड प्राप्त गरेको छ । यो बैंक आईएसओ ९००१ः२०१५ प्रमाणित र ICRA Nepal – af6 A क्रेडिट रेटिङ दिइएको बैंक पनि हो ।