कोशीमा ५ दिनभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान
मकालु खबर
२०८० साउन १२ गते
काठमाडौँ । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दलहरुसमक्ष आह्वान गरेका छन् । उनले बहुमत पुर्याएर नयाँ सरकार बनाउन दलहरुलाई ५ दिनको समय दिएका छन् ।
उनले १६ साउन अपरान्ह ५ बजेभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश सभाका सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका उद्धब थापालाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपछि कोशीमा नयाँ सरकार गठन हुने भएको हो ।
मकालु खबर
२०८० साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित