सुन प्रशोधन गर्ने कारखाना टोखामा फेला, राजस्व अनुसन्धानद्वारा सिल
मकालु खबर
२०८० साउन १४ गते
काठमाडौँ । काठमाडौँको टोखामा सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय निजकबाट एक क्विन्टल सुन बरामद भएपछि सुनतस्करीको जालो पहिल्याउने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले उक्त कारखाना फेला पारेको हो ।
शुक्रबार र शनिबारको स्थलगत अनुसन्धानबाट टोखाको एक कृषि फार्मभित्र सञ्चालित उक्त कारखाना फेला पारी विभागको टोलीले सील समेत गरेको छ ।
अनुसन्धान अनुसार त्रिभुवन विमानस्थल भन्सारबाट तस्करी भई आएको सुनलाई पहिला बालुवाटार स्थित ली जिक्वाङको कारखानामा लगिने गरेको र त्यसपछि प्रशोधनका लागि टोखा पुर्याउने गरेको पाइएको छ।
मकालु खबर
२०८० साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित