कोशीमा सरकार बनाउन सभामुखलाई राजीनामा गराउने तयारी

सत्ता गठबन्धनले कोशी प्रदेश सरकार बनाउका लागि सभामुखलाई राजीनामा गराउने तयारी गरेको छ। प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सामेल गराएर बहुमत जुटाउने प्रयास असफल भएपछि सत्ता गठबन्धन दोस्रो विकल्पमा जाने भएको हो।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराउन माओवादी नेतृत्व नै लाग्ने भएको हो। हाल कोशी प्रदेशमा सत्ता गठबन्धनसँग सभामुख बाहेक ४६ जना मात्रै सांसद छन्।

प्रतिपक्षी दलहरु एमालेसँग ४० र राप्रपासँग ६ गरी त्यति नै सांसद छन्। यसअघि सभामुखसहित ४७ पु¥याएर सरकार बनाएपनि सर्वोच्च अदालतले सभामुखले सरकार बनाउन हस्ताक्षर गर्न नमिल्ने भन्दै बदर गरिदिएपछि गठबन्धनले सत्ताका लागि सभामुखलाई नै दाउमा राख्ने भएको हो।

यदि सभामुखले राजीनामा दिएर सरकारका लागि दाबी पेश गर्न नसके कोही प्रदेशमा दुवै पक्षको बहुमत पुग्दैन।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले १६ गते ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन्। यदि यो अवधिमा सरकारका लागि दाबी पेश गर्न नसके ठूलो दलको हैसियतले एमालेका हिकमत कार्की स्वतः मुख्यमन्त्री नियुक्त हुन्छन्।

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट फेरि पनि कांग्रेस नेता उद्धव थापाले दाबी गर्ने तयारी गरेका छन्।

कोशीमा कांग्रेससँग २९, माओवादीसँग सभामुखसहित १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सदस्य छन्। मुख्यमन्त्री दाबी गर्न यति संख्या भए पुग्छ। कोशीमा कूल ९३ सांसद छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *