प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित
मकालु खबर
२०८० साउन १५ गते
काठमाडौँ । प्रतिनिधि सभा संसदको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।
पछिल्लो समय भएको एक क्विन्टल सुन तस्करीका विषयमा छानविन गर्न प्रमुख प्रतिपक्षी दलले दबाब दिइरहेको छ । त्यस्तै, गृहमन्त्री तथा अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सत्ता पक्ष नेपाली कांग्रेसकै सांसद डा. सुनिल शर्माले माग गर्दै आएका छन् । दुई मन्त्रीले राजीनामा दिने र सुन काण्डका सबै दोषीलाई कारबाही नगरे संसद मै आमरण अनसन सुरु गर्ने समेत सांसद शर्माले घोषणा गरिसका छन् । यस्तो अवस्थामा बैठक राख्दा अवरोध हुने देखिपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
एमालेलगायत प्रतिपक्षी र सत्ता पक्षकै केही सांसदबाट अवरोध हुने देखेपछि सभामुख देवराज घिमिरेले मंगलबार १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित गरेका हुन् ।
मकालु खबर
२०८० साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित