प्रतिनिधिसभा बैठक सूचना टाँसेर २२ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार १ बजेका लागि बोलाइएको बैठकमा पनि नेकपा एमालेलगायत प्रतिपक्षी दलले अवरोध गर्ने देखिएपछि सभामुख देवराज घिमिरेले बैठक २२ साउनसम्मका लागि स्थगित गरेका हुन् । योसँगै प्रतिनिधि सभाको बैठक एक साताका लागि सरेको छ । यसअघि सोमबार बस्ने भनिएको बैठक पनि सूचना टाँसेर म‌ंगलबारसम्मका लागि स्थिगत गरिएको थियाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पछिल्लो समय त्रिभुवन विमानस्थल भन्सारबाट तस्करी भएको १ क्विन्टल सुनका तस्करणहरु पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरोध गरिरहेको छ । त्यस्तै, एमालेले मंगलबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको र्बैठकमा पनि एमालेले संसद चल्न नदिने अडान कायम राखेको छ ।

उक्त विषयमा सहमति जुट्न सकेको थिएन । त्यस्तै, सत्ता पक्षकै सांसदहरुले पनि सुन तस्करी प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । कांग्रेस सांसद सुनिल शर्माले त संसदमै आमरण अनशन बस्ने समेत बताएका छन् । अवरोध हुने निश्चित भएपछि बैठक २२ गतेसम्मका लागि सभामुखले सारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *