पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची आयो, स्वचालित प्रणालीअनुसार मूल्य बढ्ने

काठमाडौँ । भारतीय आयल कर्पोरशेन (आईओसी)बाट मूल्य बढेको नयाँ सूची नेपाल आयल कर्पोरेशन(एनओसी)ले प्राप्त गरेको छ । हरेक महिनाको १ र १६ तारिकमा प्राप्त गर्ने नयाँ मूल्य सूची अनुसार यस पटक १ अगस्टमा प्राप्त सूची अनुसार पेट्रोलिम पदार्थको मूल्य बढेको छ । उक्त सूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर नयाँ मूल्य सूची त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । त्यसै अनुसार अब पेट्रोलियमको मूल्य पनि तत्काल नै बढ्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *