उद्धव थापा वैधानिक रुपमै कोशीको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई उनकै दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३(सभामुख गौतमले राजीनामा दिएपछि), नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी कुल ४७ सांसदले मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि न्यूनतम ४७ सांसदको बहुमत आवश्यक पर्छ ।

अघिल्लो पटक यही बहुमत पुर्याउन सभामुखकै हैसियतमा सभामुख बाबुराम गौतमले समर्थन गरेर थापा मुख्यमन्त्री बनेका थिए । तर, सभामुखले समर्थन गरेर बनाइएको सरकारलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपछि उनी नेतृत्वको सरकार खारेज भएको थियाे थियो ।

त्यसपछि सभामुख गौतमले राजीनामा नै दिएर सरकार थापालाई मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *