राज्यको नीति स्थिर भएमात्रै देशमा उत्पादन वृद्धि हुनसक्छ : पूर्वअध्यक्ष राणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुने बताएकी छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष राणाले यस्तो बताएकी हुन् । निजी क्षेत्रले उत्पादन बढाउनको लागि सरकारको नीति स्थिर हुनुपर्ने बताइन् । उनले राज्यको नीति स्थिर नभएसम्म वस्तुहरुको उत्पादकत्व बढ्न नसक्ने उल्लेख गरिने । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले उद्योग सञ्चालनमा समेत नीतिगत समस्याको कारण धेरै अफ्ठ्याराहरु भोग्नुपरेको बताइन् । उनले सरकारले कस्ट अप डुइङ विजनेश कम गरी ढुवानी लागत घटाउने र टेक्नोलोजीको विकासमा जोड दिए साना तथा मझौला उद्योगको उत्पादन सय गुणा वृद्धि हुनसक्ने सम्भावना रहेको उल्लेख गरिन् । राणाले सरकारले काठमाडौंमा निर्यात हाँसिल स्थापना गरे व्यवसायीहरुमा उर्जा थपिने बताइन् ।

उनले भनिन्, ‘निजी क्षेत्रले उत्पादन बढाउनको लागि सरकारको नीति नै स्थिर छैन । राज्यको नीति स्थिर नभएसम्म उत्पादकत्व बढ्दैन । उद्योगी व्यवसायीहरुले भोगेका छौं । नीति स्थिर छैन । धेरै अफ्ठ्याराहरु छन् । कष्ट अप डुइङ बिजनेस हाई छ । नेपालमा ट्रान्सपोटेसनदेखि क्वालिटी भौतिक संरचना छैन । टेक्नोलोजीको बिस्तारमा समस्या छ । अल्लोको काम गर्ने महिलाहरु छन् । उनीहरुले हातले अल्लोको काम गरिरहेका छन् । त्यसमा प्रविधि पु¥याउनसके सय गुणा दोब्बर हामीले अल्लो निकाल्न सक्छौं । थाइल्याण्डका साना तथा मझौला उद्यमीले बनाएका उत्पादनलाई स्वकेस गरेर हेरक पर्यटकहरु जाँदा त्यहाँका साना किन्ने गर्छन् । नेपालमा पनि निर्यात हाउस काठमाडौंमा बनाउन सके व्यवसायीहरुलाई उर्जा दिन्छ । निजी क्षेत्र सधैँ तयार छ । दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न सक्यो भने नेपालको व्यापार घाटामा अलैंची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न/धागो (टेक्सटाइल तथा तयारी पोशाक), वनस्पति रेशाबाट बनेका वस्तुहरू (वास्केट, गुन्द्री, चट्टाई, डोको, डालो) गरी १० वटा बस्तुले ठूलो रुपमा टेवा दिन्छ । आर्थिक मन्दी र व्यापारमा सहयोग गर्छ ।’

उनले सरकारसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र सधैँ तयार रहेको बताइन् । नेपाली मौलिक उत्पादनमा दृढ इच्छाशक्तिका साथ अगाडि बढ्नसक्यो भने नेपालको व्यापार घाटामा कम गर्न सकिने बताइन् । उनले अलैँची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न÷धागो टेक्सटाइल तथा तयारी पोशाक, वनस्पति रेशाबाट बनेका वस्तुहरू गरी १० वटा वस्तुले ठूलो रुपमा टेवा पु¥याएर आर्थिक मन्दी कम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *