कीर्तिमानी पर्वतारोहीलाई एयरपोर्टमा स्वागत (तस्बिरहरू)
काठमाडौँ । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरू विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् । यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो ।